संघिय गठबन्धन दलको बैठक आज पनि बस्दैछ

संघिय गठबन्धन दलको बैठक आज पनि बस्दैछ

  • बुधबार, बैशाख ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ ८ वैशाख । दोस्रो चरणको आन्दोलनको स्वरुपबारे कुनै निर्णय गर्न नसकेको मधेशी मोर्चा तथा विभिन्न जनजाति आवद्ध दल सम्मिलित संघिय गठबन्धनको बैठक आज पनि बस्दैछ ।

राजधानीस्थित फोरम नेपालको कार्यलयमा बिहान ११ बजेपछि बस्ने बैठकले आगामी आन्दोलनको खाका तयार पार्ने बताइएको छ ।
आजको बैठकबाट राजधानी केन्दित आन्दोलन गर्ने गरी खाका सार्वजनिक गरिने संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनु भयो ।

आफूहरुको माग सम्बोधन गर्नमा सरकारले चासो नदेखाएको भन्दै असन्तुष्ट गठबन्धन दलले राजधानी केन्द्रित आन्दोलन गर्ने तयारी गरेको छ ।
आन्दोलनको स्वरुप प्रदर्शन र धर्ना मात्रै गर्ने या सिंहदरबार प्रवेशमा अवरोध सहित अन्य कार्यक्रम पनि गर्ने भन्नेमा नेताहरुबीच मतभेद रहेको बताईएको छ ।

विगत ६ महिनादेखि आन्दोलनमा रहेका मधेशी मोर्चाले तराईमा एक प्रदेश सहित विभिन्न माग अघि सार्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ