रौतहट, बैशाख ७
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकार ढाल्ने धन्दामा नलाग्न आग्रह गरेका छन् ।
रौतहटको चन्द्रनिगाहपुरमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले गलत कामकारबाहीको खुलेर आलोचना गरे पनि सरकार ढाल्ने काम गर्न नहुनेमा जोडसमेत दिएका छन् ।
देशभर विकासको लहर ल्याउने सरकार चाहिए पनि तत्काल अर्को बनाउनेबारे बहस गर्ने बेला भइनसकेको उनको भनाई रहेको थियो ।
अर्को एक फरक प्रसङ्गमा नेता नेपालले संविधानले अधिकार दिएको छ/छैन भन्नेबारे वास्तविक यथार्थ बुझेर मात्रै आन्दोलनमा लाग्न मधेशी नागरिकलाई सुझावसमेत दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline