काठमाडौं, बैशाख ७
मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा भूकम्पपछिको पुनःनिर्माण अभियान, तरार्य मधेशमा विशेष कार्यक्रम सञ्चालन, आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल हुनेछ ।
त्यसैगरी, व्यवस्थापिका संसद्को बैठक बोलाउने विषयमा पनि छलफल हुने मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । बैठक दिउँसो १ बजे बोलाइएको छ । आजै भूकम्पपछिको पुनःनिर्माण प्राधिकरणको बैठक पनि बोलाइएको छ । साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline