काठमाडौ ७ वैशाख । पोखरामा जारी मनकामना पोखराकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटर फाइनलमा आज धरान विरुद्ध एफएओ भारत मैदान उत्रिदैछ ।
खेल दिउँसो साँढे दुई बजेपछि पोखरा रंगाशालामा सुरु हुनेछ । दुवै टोली सेमिफाइनल प्रवेश गर्ने दाउका साथ मैदान उत्रिदैछ । यसअघि हिजो सम्पन्न खेलमा रुस्लान थ्रीस्टारलाई १–० गोलअन्तरले पराजित गर्दै विभागिय टोली आर्मी प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
आर्मीका लागि विमल रानाले गरेको गोल नै निर्णयक बन्यो । प्रतियोगितामा आर्मीले अब आजको विजेता टोलीसँग आगामी वैशाख ९ गते प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र सशस्त्र प्रहरीको एपिएफले यसअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline