काठमाण्डौं बैशाख ७ । चार वटा कर्मचारी संगठनले लगातारको विरोध र आन्दोलनका कारण सरकारले आगामी बैशाख १० गतेका लागि तोकिएको आधिकारीक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने तयारी गरेको छ ।
निर्वाचन कम्तीमा ३ महिनाका लागि सार्ने तयारी भएको बताईएको छ । यस विषयमा सरकारले छिट्टै आधिकारीक निर्णय गर्ने तयारी गरेको बताईएको छ ।
आफूहरुसग‘ सल्लाह नगरी निर्वाचन तोकिएको भन्दै राष्ट्रिय कर्मचारी संगठन, मधेशी निजामति कर्मचारी मञ्च, राष्ट्रसेवक कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठनले आन्दोलन गर्दै आएका छन् ।
साथै उनीहरुले २० प्रतिशत कोटा समावेशी हुनु पर्ने पनि माग राखेका छन् । कर्मचारीहरुको विरोध र आन्दोलनकै कारण चुनाव चैत्र २८ बाट बैशाख १० का लागि सारिएको थियो ।
निर्वाचन सार्ने तयारी प्रति सत्तारुढ एमाले र काग्रेस निकटका कर्मचारी संगठनहरुले भने विरोध जनाएका छन् । लामो समय देखि आधिकारीक ट्रेड युनियनको निर्वाचन हुन सकेको छैन ।