काठमाडौ ६ वैशाख । आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्यिनसीपमा नामिविया विरुद्धको दोस्रो खेलमा रोमाञ्चक जीत निकालेको छ ।
कपतान पारस खड्काको शतकको मद्धतमा नेपालले नामिवियाले दिएको २ सय ४० रनको लक्ष्य ७ विकेट गुमाएर १ बल बाकी छ‘दै पूरा गर्न सफल भएको हो ।
कप्तान पारस खड्काले बिष्फोटक व्याटीङ गर्दै शतक पुरा गरी टिमलाई जीतको आधार खडा गरेका थिए । पारसले ७ छक्का र ५ चौका सहित एक सय तीन रन बनाए ।
त्यस पछि क्रिजमा रहेका शरद भेष्वाकरले अवीजीत ७८ रन जोडेर टिमलाई जिताए ।
ओपनर नरेश बुढाऐर ६ रन र ज्ञानेन्द्र मल्ल २२ रनमा आउट भए पछि नेपाल शुरुमा संकटमा परेको थियो । तर कप्तान खड्का र भेष्वाकरले टिमलाई अगाडी डोर्याउन सफल भए । अर्का व्याटस्म्यान विनोद भण्डारीले १२ रन बनाउदा राजेश पुलामीले १ रन मात्र जोडे । त्यस्तै सोमपाल कामीले पनि एक रन मात्र लिए ।
यो जीत सगै नेपाल च्याम्पियन्स लिगको पाचौ स्थानमा उक्लन सफल भएको छ ।
यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि व्याटिङ सुरु गरेको नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३९ रन बनाएको थियो ।
नामिवियाका स्टेफन बार्डले सर्वाधीक ५१ रन जोडे । त्यस पछि जे ई ग्रिनले ४७ रन जोडे । त्यस पछि बर्गरले ४३ रन बनाए भने कोत्जेले विष्फोटक ब्याटीङ गर्दै १५ बलमा ३२ रन जोडेका थिए ।
नेपालका लागि सन्दीप लामिछाने, बसन्त रेग्मी र शक्ति गौचनले समान दुई दुई विकेट लिएका थिए ।
सुरुमा खराब फिल्डिङ गरेको नेपाल मध्यक्रममा पुगेर केहि सम्हालिएको थियो ।
यसअघि स्कटल्याण्ड र पपुवा न्युगिनीसँग खेलेको खेलमा नेपाल पराजित भएको थियो । यसैबीच नेपाल र नामिबियाबीचको खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि आज त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुग्नु भएको थियो ।
प्रधानमन्त्रीसँगै गृहमन्त्री शक्तिबहादुर बस्नेत पनि खेल हेर्न कीर्तिपुर मैदान जानु भएको थियो ।
आजको खेलमा पनि हजारौ दर्शकहरुले साथ दिएका थिए ।