नेपाललाई पाचौं सफलता , बसन्तले २ विकेट लिए विकेट

नेपाललाई पाचौं सफलता , बसन्तले २ विकेट लिए विकेट

  • सोमवार, बैशाख ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौ ६ वैशाख ।  आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्यिनसीपमा नेपाल र नामिबियाबीचको दोस्रो खेल भइरहेको छ । किर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले खराब फिल्डिङ गरे पनि मध्यम क्रममा केही सुधार गर्दै पाच विकेट लिन सफल भएको छ ।
नेपालका लागि ब्रेक थ्रो गर्दै सन्दीप लामिछानेले एक विकेट लिए । स्टेफन बार्डलाई ५१ रन बनाएको अवस्थामा सन्दीपले आउट गरेका हुन् ।
त्यस पछि फ्रान्स ७ रन बनाएर रन आउट भएका छन् ।
त्यस पछि एरासमस ३ रनमा आउट भए भने बसन्तले ४७ रन बनाएका फ्रान्स ग्रिनलाई बसन्त रेग्मीले आउट गरे । सोही ओभरमा उनले स्नाईमेनलाई शुन्य रनमा पेभिलियन फर्काए पछि नेपाल खेलमा फर्किएको छ ।
कप्तान पारस सहितका खेलाडीले विकेट लिने राम्रो संभावना खेर फाल्दा नेपाल कठिन चूनौती तर्फ अघि बढेको थियो । नामिवियाले यो खबर तयार पार्दा सम्म २९ ओभरमा ५ विकेट गुमाएर १ सय १४ रन बनाएको छ ।

शनिबार सम्पन्न पहिलो खेलमा पाँच विकेटको जित हात पार्दै अंकको खाता खोलेको नेपाललाई आजको खेल जित्नैपर्ने दवाव छ ।

सन् २०१८ मा हुने विश्वकप छनोट खेल खेल्न पाउने सम्भावनालाई जिवित बनाउन नेपालले आजको खेल जित्न आवश्यक छ । यसअघि स्कटल्याण्ड र पपुवा न्युगिनीसँग खेलेको खेलमा नेपाल पराजित भएको थियो ।

अब नेपालले चौथो चरणमा नेदरलयाण्ड, पाँचौमा केन्या, छैटौंमा हङकङ र सातौ चरणमा युएईसँग प्रतिस्पर्धा गर्नेछ । अर्को चरणमा नेपालले नेदरल्याण्डसँग उसैको मैदानमा खेल्नेछ ।

आठ टीम सहभागी प्रतियोगिताको शिर्ष चार टोलीले विश्वकप छनोट खेल पाउनेछन् भने अन्तिम चार टोली डिभिजन दुईमा झर्नेछन् ।

नामिबियाविरुद्धको पहिलो खेलमा जीत हात पारेसँगै तालिकाको छैटौं स्थानमा उक्लिएको नेपाल आजको खेलमा पनि विजयी भए एकस्थान माथि उक्लिनेछ ।

यसैबीच नेपाल र नामिबियाबीचको खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि आज त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुग्नुभएको छ ।

प्रधानमन्त्रीसँगै गृहमन्त्री शक्तिबहादुर बस्नेत पनि खेल हेर्न कीर्तिपुर मैदान जानुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी