बैशाख ६ काठमाण्डौं । ४ दशक लामो कम्युनिष्ट राजनीतिक जीवनमा सबै भन्दा पेचिलो अवस्थामा अहिले मोहन बैद्य किरण पुगेका छन् ।
खास गरी ४० को दशकमा सेक्टर काण्डको विवाद आदि कारणले पनि युवा नेताले केही गर्ला भनेर आफैले पार्टीको महामन्त्री बनाएका प्रचण्डले पनि बेला बखतमा गरेको टिप्पणीले बैद्यको मनमा चोट पुगेको खुलासा भएको छ । बैद्य अहिले राजनीतिक मात्रै नभएर पारीवारीक तथा आर्थिक जीवनका दृष्टिले समेत पूर्णतः पार्टीमा निर्भर रहेको र आफैले कुनै व्यापारीक समुह वा ठेकेदारहरुसग‘ सम्बन्ध बनाएर पैसा नउठाएका कारण पनि उनी आर्थिक संकटमा परेका हुन् । पार्टी भित्र बढ्दै गएको अन्तरविरोध पछि उनलाई आर्थिक सहयोग कमै हुने गरेको छ ।
स्रोतका अनुसार बैद्यको वानियाटार स्थित डेराको ग्राउण्ड फ्लोर पनि घरबेटी आफैले लिएका छन् । अब एउटा फ्लाटमा मात्र बैद्य बसिरहेका छन् ।
यस्तै अवस्थामा प्रचण्ड नेतृत्वको एकीकृत माओवादीसग‘ एकताको कुरा भईरहेका बेला प्रचण्डले भनेको भन्दै सो पार्टीका केही नेताहरुले बैद्यलाई पाल्न मात्र किन ल्याउने ? घाडो हुन्छ भनेका छन् भन्ने सुने पछि बैद्य मरे पनि प्रचण्डसग‘ जान्न भन्ने निष्कर्षमा पुगेका हुन् ।
बैद्यले आफू निकटका केही नेताहरुसग‘ अनौपचारीक भेटहरुमा त्यस्तो गुनासो गर्ने गरेका छन् । उनले आफू सबै गए पनि एक्लै बस्ने तर प्रचण्डसग‘ अब कुनै पनि हालतमा नजाने टुंगो गरेका छन् ।
विप्लव माओवादीले बैद्यलाई घर बनाई दिने !
यो कुनै आधिकारीक निर्णय या घोषणा नभए पनि प्रचण्ड र पछि बैद्यसग‘ समेत छुट्टिएर नेकपा माओवादी गठन गरेका अहिलेका सबै भन्दा युवा माओवादी नेता नेत्र विक्रम चन्द विप्लव हुन् ।
पार्टी विभाजन हु‘दा समेत कुनै गाली गलौज नगरी किरण दाईहरुसग मिल्न सकिएन भन्दै छुट्टिएका विप्लवले कम्युनिष्ट आन्दोलनमा लामो त्याग, तपस्या गरेका बैद्य आदर्श नेता भएकाले उनलाई बरु आवस्यक परे पार्टीले घरै बनाएर राखिदिने भन्दै पार्टीको आन्तरीक कार्यक्रममा समेत भन्ने गरेको बुझिएको छ ।
विप्लवले पार्टी फुट्नु अघि कपिलबस्तुको चनौटामा भएको गोप्य भेलामा समेत यो विषयमा कुरा राखेका थिए ।
स्रोतका अनुसार पछिल्लो समय पनि मोहन बैद्यले बैठकमै अहिले विप्लव जीहरुको आवस्यकता खड्किियो भने पछि बादल समुहले विरोध गरेको सो पार्टीका एक नेताले बताए ।
“पार्टीको यो धारणा मात्रै हो , तर बैद्य जस्ता सम्मानित नेताका लागि पारीवारीक जीवन कठिन अवस्थामा रहेका बेला सुरक्षा गर्नु क्रान्तिकारीहरुको दायित्व हुने हुनाले विप्लव कमरेडले त्यस्तो भन्नु भएको हो ” विप्लव माओवादीका एक नेताले भने ।
बैद्यको निजी जीवन संकट तर्फ
शान्ति प्रकृया पछि एक पटक बैद्यको हातमा पार्टी अध्यक्ष प्रचण्डले एक करोड रुपैया थमाएका थिए पार्टीको प्रकाशनहरु व्यवस्थापन गर्नका लागि भनेर । त्यतिखेर जनदिशा दैनिक सहितका प्रकाशनहरु चलिरहेका थिए ।
तर विभिन्न विषयमा कुरा नमिले पछि बैद्यले त्यो पैसा प्रचण्डलाई नै फिर्ता दिए । यसको संकेत के हो भने बैद्यले आफूलाई चाहिने कुराहरु पार्टीले व्यवस्थापन गरिदिने तर आफूले पैसा नराख्ने बानीका कारण उनी संकटमा परेको निकटवर्तीहरु बताएका छन् । स्रोतका अनुसार बैद्यको वानियाटार स्थित डेराको ग्राउण्ड फ्लोर पनि घरबेटी आफैले लिएका छन् । अब एउटा फ्लाटमा मात्र बैद्य बसिरहेका छन् ।
तीन छोरी मध्य चेतना एमाओवादीका नेता अग्नी सापकोटाको छोरा दिपकसग‘ विवाह गरेर गएकी छन् भने कान्छी सिर्जना पनि एमाओवादीकै केशब नेपालको छोरासग‘ विवाह गरेर गएकी छन् ।
भारतमा विवाह भएकी जेठी छोरी पनि अहिले पछिल्लो समय माईतमै बैद्यसग‘ बस्दै आएकी छन् । उनको एक छोरी पनि स‘गै रहेकी छन् ।
यस्तो अवस्थामा सबै छोरीहरु हिडे पछि उनी पारीवारीक रुपमा जीवनसाथी सुष्मा बैद्य बाहेक अन्य सहयोगी हुने छैनन् । सॉचो अर्थमा भन्दा पार्टीको अवस्था बलियो नभए पछि सधै पार्टीमा मात्र निर्भर रहदै आएका बैद्यको आर्थिक जीवन कठिन बन्दै जाने देखिएको बैद्यका समर्थक नेताहरु बताउछन् ।
भविष्यमा कहा बस्ने, कसरी बस्ने भन्ने नै निश्चित छैन , ती नेताले भने ।
आफ्नो यति लामो राजनीतिक जीवनमा बैद्यले कुनै पनि सार्वजनिक लाभको पद लिएनन् ।
६४ सालमा सभासद बनाईए पनि केही महिनामै उनले राजीनामा दिएका थिए । त्यसैले अझै पनि उनका समर्थक विरोधी सबैले बैद्य एक आदर्श नेता हुन् भनेर स्वीकार भने गरेको देखिन्छ ।