दाङ, बैशाख ५
एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले मधेशी र जनजातिका मागलाई सम्बोधन गरिए मात्रै संविधान कार्यान्वयनमा सजिलो हुने बताएका छन् ।
क्रान्तिकारी पत्रकार संघ, दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले मधेशी, थारू र जनजातिको मागलाई सम्बोधन गर्न सरकारले छिटो सम्वाद थाल्नुपर्ने बताए ।
संविधान र सीमाङ्कनका विषयमा असन्तुष्टि जनाउँदै आएका पक्षको मागलाई सके जति सम्बोधन गरी संविधान कार्यान्वयनतर्फ लाग्नुपर्ने प्रवक्ता शर्माको भनाई थियो ।
उनले भूकम्पबाट पीडितहरूले पुनर्बास नपाएको, पुनःनिर्माण प्राधिकरणले द्रूत गतिमा काम नगरेको, विकट क्षेत्रमा भोकमरी सिर्जना भए पनि त्यसतर्फ सरकारले ध्यान नदिएको भन्दै आलोचनासमेत गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline