दाङमा भएको सवारी दुर्घटनामा एकको मृत्यु

दाङमा भएको सवारी दुर्घटनामा एकको मृत्यु

  • आइतवार, बैशाख ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

दाङ, ५ वैशाख ।  

दाङको घोराहीमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अन्य एक जना घाइते भएका छन् ।

रा १ त १४२७ नम्वरको ट्याक्टरले विहान घोराही–७ बाँसवोटमा रा १ प ५२१८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सैघा–१ का ३७ वर्षीय नरवहादुर गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाइते भएका गिरीको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रकाशराज शर्माले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते भएका सैघा–२ का २२ वर्षीय खेमबहादुर भण्डारीको अहिले राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ