नाङसाल क्लब नेपालको तेस्रो अधिवेशन सम्पन्न

नाङसाल क्लब नेपालको तेस्रो अधिवेशन सम्पन्न

  • आइतवार, बैशाख ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काठमाडौ ५ वैशाख । 

नाङसाल क्लब नेपालको तेस्रो अधिवेशनबाट दिर्गा सिंह तामाङको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन भएको छ ।

राजधानीको पुतलीसडकस्थित नेपाल तामाङ घेदुङको हलमा सम्पन्न अधिवेशनले सबै कार्यसमिति निर्निरोध चयन गरेको हो । आगामी कार्यकालका लागि क्लबको उपाध्यक्षमा मिक्साङ वाईबा तामाङ र डुप्साङ तामाङ सर्वसम्मत चुनिएका छन् ।

यसैगरी महासचिवमा रत्नकुमार दोङ, सचिवमा मिथिला तामाङ तथा राम वि लामा र कोषाध्यमा छत्र तामाङ चयन भएको छ ।

लामो समयदेखि तामाङ सहित्यका क्षेत्रमा सक्रिया रहदै आएको यस क्लबको नयाँ कार्यकालका लागि सबै कार्यसमिति निर्विरोध चयन भएका हुन् ।

नेपाल तामाङ घेदुङका वननिर्वाचित अध्यक्ष मोहन गोलेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा डुपसाङ तामाङले क्लबको प्रगाती प्रतिवेदन तथा रत्नकुमार दोङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै घेदुङका अध्यक्ष गोलेले तामाङ समुदायको चेतना जागरणका लागि सबैले निजी स्वार्थ छाडेर समाजको हितमा काम गर्नुपर्ने जरुरी रहेको बताउनु भयो ।

तामाङ समुदाय अझै पनि समाजिक, राजनितिक र आर्थिक क्षेत्रमा पछाडि रहेको भन्दै उहाँले राज्यको हरेक निकायमा तामाङ समुदायको प्रतिनिधित्व वर्तमान आवश्यकता रहेको धारणा राख्नु भयो ।

कार्यक्रममा राप्रपाका सांसद पर्शुराम तामाङ, घेदुङका सचिव पाल्साङ बज्र तामाङ, छारगोङ्मा मासिकका सम्पादक एवम् घेदुङ पूर्व सचिव प्रतिक ङ्यासुर, सन्चारकर्मी सन्चु ब्लोन, गायक विश्व दोङ, जोगलाल तामाङ लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

नयाँ कार्यसमितिको घोषणा निर्वाचन मण्डलका तर्फबाट गजलकार खोजराज गोलेले गरेका थिए । निर्वाचन मण्डलमा सन्चारकर्मी तिर्थमान बल, ढकबहादुर घिसिङ रहेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ