नेपालको सानदार जीत ,नामिबिया पाँच विकेटले पराजित

नेपालको सानदार जीत ,नामिबिया पाँच विकेटले पराजित

  • शनिबार, बैशाख ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ ,४ वैशाख ।

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले नामिवियामाथि पाँच विकेटको सानदार जीत निकालेको छ ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले दिएको एक सय ९६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल पाँच विकेटले विजयी भयो ।

नेपालको जीतका लागि विनोद भण्डारीका तीन छक्का, पारस खड्काले दुई छक्का महत्वपूर्ण रहे । सुरु ओभरमा कमजोर देखिएको नेपाल विनोद भण्डारी व्याटिङमा आएपछि चम्किएका थिए ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा १२ औं ओभरमा नेपालले पहिलो विकेट गुमायो । ४० बलमा २१ रन बनाएर ज्ञानेन्द्र मल्ल आउट भए । ओपनर ब्याट्सम्यान नरेश बुढाएर चौधौंं ओभरमाआउट भए । बुढाएर ३० बलमा १६ रन बनाएर आउट भए ।

त्यस्तै, नेपाली टिमका कप्तान पारस खड्का २१.३ ओभरमा आउट भएका छन् । पारसले ३२ बलमा दुई छक्का र एक छक्का हान्दै २१ रन बनाएर आउट भए ।
राजु रिजाल १० बलमा ६ रन बनाउदै क्याट आउट भएका छन् । रिजाल आउट भएसँगै नेपालले चौथो विकेट गुमाएको छ । रिजाल २४ ओभरमा क्याट आउट भएका हुन् ।

नेपालको पाँच विकेटको रुपमा राजेश पुलामी आउट भए । २२ बल खेलेका पुलामीले १ चौकाको मद्दतले ९ रन बनाए ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नामिवियाले पूरै ५० ओभरमा खेल्दै ९ विकेटको क्षतिमा नेपाललाई एक सय ९५ रनको चुनौती दिएको थियो।

नेपाल र नामिवियाको दोस्रो खेल वैशाख ६ गते त्रिवी मैदानमै हुँदै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी