काठमाडौ ४ वैशाख । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तत्काल काग्रेस नेतृत्वमा सरकार बन्ने आधार नभएको स्पष्ट पार्नु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज जुम्लाको सदरमुकाम खलङ्गामा आयोजना गरेको साक्षात्कारमा उहाले वर्तमान सरकार संसदको बहुमत र जनताको म्याण्डेडबाट बनेकाले कसैले चहादैमा ढल्ने खालको नभएको बताउनु भयो ।
सरकारले जनताको चाहना अनुसार काम गरेरै छाड्ने उहाँको भनाई छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका दाहालले काग्रेसलाई पनि सरकारमा सहभागि गराउने विषयमा प्रयास भइरहेको बताउनु भयो ।
अध्यक्ष दाहालले संविधान घोषणा गर्न एक भएका प्रमुख राजनीतिक दलहरु अब कार्यान्वयनका लागि पनि एक हुन आवश्यक रहेकोमा जोड दिनु भयो ।
भुकम्प पछिको परिस्थिती र नाकावन्दीका कारण श्रृजित समस्या समाधानका लागि विशेष योजना निर्माण गरी अघि बढ्ने उहाँले बताउनु भयो ।
उहाले माओबादी फुट्दा देशको हित नभएकोले अब सबै माओवादी शक्ति एक भएर देशलाई निकास दिन तर्फ लाग्ने प्रतिबद्धता समेत जनाउनु भयो ।