काठमाडौ ४ वैशाख /करिब एक साता लामो भ्रमणका लागि सभामुख ओनसरी घर्ती आज बेलायत जाँदै हुनुहन्छ ।
बेलायती संसदको ब्रिटिस ग्रुप इन्टर पार्टी युनियनको निमन्त्रणमा सभामुख घर्ती नेतृत्वको सात सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
भ्रमण टोलीमा सभामुख घर्तीसहित प्रमुख चार राजनितिक दल कांग्रेस, एमाले, एकिकृत नेकपा माओवादी र राप्रपा नेपालका प्रमुख सचेतक, संसदका महासचिव मनोहरप्रसाद भट्टाराई, सचिव मुकुन्द शर्मा सहभागी छन् ।
बेलयात भ्रमणका क्रममा टोलीले त्यहाँको संसद कार्यसन्चाल अवलोकन गर्नुका साथै नेपालको संवधानका सम्बन्धमा बेलायती सांसदसँग अन्तरक्रिया समेत गर्नेछन् ।
त्यस्तै नेपाल र बेलायतबीच कुटनितिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा आयोजना हुने कार्यक्रम पनि सहभागी हुनेछन् । टोली आगामी वैशाख १२ गते स्वदेश फर्किने कार्यक्रम छ ।