काठमाडौ ४ वैशाख ।
आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको पाँचौ खेलमा नेपालले अहिले नामिबियासँग खेलिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नामिबियाले ब्याटिङ गरिरहेको छ ।
ताजास्थितिमा नामिबियाले २३ ओभरमा ४ विकेट गुमाएर १ सय ५ रन बनाएको छ । घरेलु मैदानको फाईदा उठाउदै नेपाली टोली अंकबिहिन यात्रा तोड्ने दाउमा छन् ।
प्रतियोगीतामा समान ४ खेल खेलेको नामिबियाले भने एक खेलमा जित निकालेको थियो । ऊ २ अंक सहित अंकतालिकाको सातौं स्थानमा छ । नेपाल र नामिबिया बीच आगामी सोमबार सोहि मैदानमा दोश्रो खेल हुनेछ । आठ टोली सहभागी प्रतियोगीताको शिर्ष चार टोलीले सन् २०१८ को बिश्वकपको छनौट खेल्न पाउनेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline