मैले ऑखा दिए , तिम्रो ज्योति बलोस भनेर तर …..

मैले ऑखा दिए , तिम्रो ज्योति बलोस भनेर तर …..

  • शुक्रबार, बैशाख ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 18.1K
    SHARES

काठमाण्डौं , ३ बैशाख ।
“मैले आखा दिए तिम्रो, ज्योति बलोस भनेर , मैले खुट्टा दिए तिम्रो यात्रा लम्वियोस् भनेर तर खै‘…….?
धनकुटा घर भई माओवादी जनयुद्धमा लागेर आफ्नो आखा गुमाएकी प्रगति र कालीकोट घर भई जनयुद्धमा गोलीले घुडाको हड्डी फुटेका बिहानी बिक जनवादी प्रेम र बिबाह गरेका कलाकारहरु हुन् ।
प्रगति ६० सालमा माओवादी युद्धमा हिडेकी युवती थिईन् । उनको धनकुटाको लेउतीमा भएको भीडन्तका क्रममा बम विष्फोटका कारण आखाको ज्योति गुमेको छ । उनी ऑखा देख्दिनन् । उनको हिड्डुल र जीवन शैलीको सहयोगी पति बिहानी बिक आफै पनि खुट्टाको कमजोरीका कारण समस्यामा छन् । बिहानीको खुट्टामा गोली लागेको थियो र उनी सुर्खेतमा केही बर्ष जेलमा समेत बसेका थिए र सुरक्षा निकायबाट यातना पाएका थिए ।
केही दिन अघि मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले राजधानीको संवाद डबलीमा आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो गीत सुनाउदा धेरै जना भावुक बने ।

उनीहरुले गाएको यो गीतले धेरै माओवादी युद्धमा होमिएका घाईते, अपाङग, शहीद र वेपत्ताको मर्मलाई उजागर गर्दछ ।

क्रान्ति र जनवादी राज्य सत्ताको सपनामा बन्दुक बाकेर हिडेका उनीहरुले युद्धमा धेरै दुखः पाए कलाकार भए तर जब अन्तिममा जनही दश/दश हजार रुपैया दिएर सामना सांस्कृतिक परिवारबाट सबै कलाकारलाई घर तिर पठाईयो त्यो दिन सबै भन्दा दुखःको दिन थियो उनीहरुका लागि । 

दश वर्ष युद्धमा लाग्ने साथीहरु दश हजार हातमा थापेर छुट्टिनु पर्दा धेरै साथीहरुको आखामा आशु आएको पूर्वी क्षेत्रमा काम गर्ने एक सामनाकी कलाकारले बताइन् ।
प्रगति भन्छिन् “ सामनाको टिम डिजल्भ भयो, सबै साथीहरु प्रायः घर तिर छन् , कोही कोही दोहोरी तिर गीत गाउदैछन् त कोही म जस्तै अन्य गीत संगीतमा लागेका छन् ” ।अहिले सातदोवाटोमा डेरा लिएर बसेका छन् उनीहरु ।
विहानी सातदोवाटोकै एउटा दोहोरी साझमा गीत गाउछन् भने प्रगति विभिन्न फिल्मी तथा आधुनिक गीत पाए सम्म गाउने गर्छिन आज भोली ।उनीहरुलाई पार्टीको कार्यक्रमहरु कम हुने र भए पनि हिजो बुर्जुवा भनिएका सेलीब्रेटी कलाकारहरु लाने गरेका कारण आफूहरु जस्ता साथीहरु ओझेलमा परेको महसुस भएको छ ।

सबै भन्दा दुखःको कुरा त के छ भने काठमाण्डौमै रहेको तिलगंगा आखा अस्पताल प्रतिष्ठानले गरेको सिफारीस अनुसार करीब ५ देखि ७ लाख रुपैया खर्च गर्दा प्रगतिले एउटा भए पनि आखॉले यो सन्सार देख्न सक्ने थिईन् । तर उपचारका लागि पार्टीका नेताहरुमा धेरै चोटी धाएर पनि पार नलागे पछि उनीहरु त्यसै बसेका छन् ।उनी भन्छन् “ पैसा भए देखि म पहिला कमरेड प्रगतिको आखाको ज्योति बाल्थे, त्यस पछि सांगितिक क्षेत्रमा एउटा एकेडेमी या स्कुल चलाउन पनि सक्थे तर के गर्ने ? ”

अझ कालीकोटमा कलाकारको टिमको नेतृत्व गरेका बिहानी भन्छन् त्यो बेला २२ जना साथीहरु हुनुहुन्थ्यो , खाने केही छैन, पैसा छैन व्यवस्थापन गर्नु पर्यो भन्दा नेताले हुन्छ हुन्छ भन्ने केही नगर्ने भए पछि हामीले पार्टीको कार्यलयमा समेत ताला बन्दी गर्यौ ।
यो सबै गर्दा पनि पार्टीले पीडा सवोधन गर्नुको साटो उल्टो धम्की दिन थाले पछि बिहानी पार्टी छाडेर भारत गई चार वर्ष संगीत सिकेर आएका छन् ।
नेताको सामान्य घाटी दुख्दा जापान गएर उपचार गर्ने पैसा छ, ज्वरो आउदा ब्याङकक पुर्याईन्छ, एयर एम्बुलेन्स ल्याईन्छ तर कार्यकर्ताहरुको सामान्य उपचारका लागि समेत पार्टीले केही नगर्ने देखिएको अन्य कलाकार तथा कार्यकर्ताहरुले समेत अनुभव सुनाउने गरेका छन् ।
हो, माओवादी भित्र जति सुकै विभाजन भए पनि प्रत्यक समुह भित्र नेता र कार्यकर्ताहरुको बीचमा आर्थिक तथा राजनीतिक हैसियतको खाडल बढेको छ ।
धेरै कार्यकर्ताहरु भोकै हिडिरहेका छन् भने नेताहरुको सुरक्षा घेर, सवारी बन्दोबस्त र खानपानमा बेग्लै छाट देखिन्छ ।
पछिल्लो समय माओवादी भित्र चरम रुपले बढेको निराशा मध्य एउटा कारण कार्यकर्ताहरुको संवोधन र मुल्याकन नहुनु पनि हो भन्छन् यसका अनुभविहरु ।
साथै पार्टी नेताहरुले कार्यकर्ता भन्दा पनि ठेकेदार, व्यापारी र दलालहरुलाई समातेर कार्यकर्तालाई पाखा लगाएको ठान्नेहरु धेरै भेटिएका छन् ।
बिहानी र प्रगति जस्ता आखा र खुट्टा गुमाएका र नगुमाएर पनि दुखः पाएका, खाडीमा पुगेका र झाडीमा मल बोकीरहेका युवा कार्यकर्ताहरुलाई सवोधन गर्न माओवादी नेताहरुले बेलैमा ध्यान दिनु पर्ने देखिन्छ । अन्यथा बैद्य माओवादीको बैठकमा केन्द्रीय सदस्य माया प्रसाद शर्माले भने जस्तै शहीद, वेपत्ताहरुको आशुको पाप नेताहरुलाई लाग्न सक्छ । यसले भारतीय नक्सलवादी आन्दोलनमा शसस्त्र युद्धमा लागेर अहिले सम्म दुखः गरिरहेका नेता कार्यकर्ताहरुको जस्तै अवस्था धेरै जसो युद्धमा लागेका माओवादी नेता कार्यकर्ताहरुको अवस्था बन्दै गएको देखिन थालेको छ ।

बिहानी र प्रगतिको मार्मिक गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी