राहत चाडो उपलब्ध गराउ सरकार : प्रचण्ड

राहत चाडो उपलब्ध गराउ सरकार : प्रचण्ड

  • शुक्रबार, बैशाख ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

मुगु, ३ बैशाख । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भोकमरीबाट पीडित मुगुबासीलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।

मुगुमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले खडेरीसँग जुधिरहेको मुगुमा तत्काल खाद्यान्य उपलब्ध गराउन आफूले पहल गर्ने आश्वासन सुमेत दिनुभयो ।

उहाँले पहिलेका सरकारहरुले कर्णालीलाई दोस्रो दर्जाको नागरिकको रुपमा लिने गरेको भन्दै अव त्यस्तो नहुनेमा ढुक्कहुन मुगुवासीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘यस अघिका सरकारले कर्णालीलाई दोस्रो दर्जाको रुपमा लिए, अव त्यस्तो हुँदैन ।’

अध्यक्ष दाहालले मुगुमा रहेको रारा ताललाई पर्यटकीय रुपमा विकास गर्दै पर्यटकको आकर्षण बढाउनुपर्नेमा जोड दिदै
चीनसँग सीमाना जोडिएको नाक्चेलग्ना नाका खोल्न सरकारसँग माग गर्नुभयो ।

यस्तै एमाओवादीका अर्का नेता जनार्दन शर्माले मुगुबाट देशले फाइदा लिनसक्ने धेरै वस्तुभएपनि लिन नसकेको बताउनुभयो ।े मुगुको विकासले देशको समग्र विकास हुने उहाँले उल्लेख गर्नुभयो ।

नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा मुगुवासीले जिल्लाको नाम परिवर्तन गरी रारा राख्नुपर्ने, गमगढी सडकको स्तरउन्नती लगायतका काम गर्न पहल गरिदिन दाहालसँग आग्रह गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ