‘मान्छे भएर मरेको मान्छे’ सार्वजनिक

‘मान्छे भएर मरेको मान्छे’ सार्वजनिक

  • शुक्रबार, बैशाख ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

काठमाडौँ, बैशाख ३ । नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका लेखक विपुल सिजापतिको उपन्यास ‘मान्छे भएर मरेको मान्छे’ आज एक कार्यक्रम बीच राजधानीमा सार्वजनिक भएको छ । यसअघि सिजापतिको ‘कास्कोल’ कथासंग्रह प्रकाशित भइसकेको छ ।

नेपाल साहित्य समाज, साहित्य संवर्द्धन केन्द्र नेपाल र शब्दार्थ प्रकाशनको संयुक्त आयोजनामा शुक्रबार त्रिविका पूर्व उपकुलपति शंकरराज पाठकको प्रमुख आतिथ्यमामा सम्पन्न सो कार्यक्रममा कुल ५ पुस्तकको लोकार्पर्ण गरिएको थियो । लोकार्पण हुने अन्य कृतिमा पं. गोविन्दप्रसाद दाहालको ‘ज्ञान विज्ञान’, जगदीश लामिछानेको ‘समय समयका कुरा’, हरि थापाको ‘मेरो माटोसंग’, र साहित्य संवर्द्धन केन्द्रको वर्ष साहित्य पुस्तक २०७१ रहेका छन् ।

कार्यक्रममा नेपाली भाषा साहित्यसंग जोडिएर विभिन्न रुपमा योगदान पुर्याउने १३ जनालाई पुरस्कार समेत वितरण गरिएको थियो । सो अवसरमा वसन्तराधा पद्यकाव्य पुरस्कार कवि लक्ष्मीप्रसाद कोइरालालाई, हेमकुमारी –दिवाकर समाजसेवा सम्मान त्रिफला राष्ट्रिय पुस्तकालय झापालाई, साहित्य संवर्द्धन द्रष्टा सम्मान प्रा।मोहनराज शर्मालाई, हरिहर शास्त्री(सावित्रीदेवी साहित्य पुरस्कार कुन्ता शर्मालाई, विश्वज्योति सेवा सम्मान राज्य उद्यान ललितपुरलाई, शारदादेवी सिर्जना पुरस्कार गीता केशरीलाई, राधिका –पदम – दुर्गा पुरस्कार प्रा.डा.टीकाराम अधिकारीलाई र वैजयन्ती स्रष्टा सम्मान मेनुका पौडेल, कृष्ण बजगाईं, धीरकुमार श्रेष्ठ, रामकाजी कोने, प्रा.डा. कृष्णप्रसाद दाहाल एवंम् मुकुन्द शर्मा चालिसेलाई प्रदान गरिएको थियो ।

समारोहमा विभिन्न वक्ताहरुले आफ्नो मन्तव्य राखेका थिए । सिजापतिको उपन्यासमाथि बोल्दै प्रा.डा. कृष्णप्रसाद दाहालले उक्त उपन्यास सामाजिक यथार्थवादमा आधारित रहेको र उपन्यास राष्ट्रियता र स्वाधिनताको पक्ष्यमा उभिएको बताए । उनले भने ‘ यस उपन्यासमा विशेषगरि ४६ को आन्दोलनमा शहादत प्राप्तगरेका सहीदहरुको कथा समेटिएको छ । उपन्यास लेख्न उपन्यासकारले निकै नै खोज गरेका देखिन्छन् ।’

मिर्मिरे अनलाइनसंग कुरा गर्दै सिजापतिले आफ्नो उपन्यासले पाठकको मन छुने विश्वास व्यक्त गरे। उनले आफ्ना तीन कृति ‘अग्निगर्भा’(उपन्यास), शण्ड’ (लघु उपन्यास) र ‘हराएँ म उसमा’ (गजलसंग्रह) पनि प्रकाशनको तयारीमा रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी