बेपत्ताका आफन्त उजुरी बोकेर शान्ति समितिमा पुग्दै, पहिलो दिन पन्ध्र उजुरी

बेपत्ताका आफन्त उजुरी बोकेर शान्ति समितिमा पुग्दै, पहिलो दिन पन्ध्र उजुरी

  • शुक्रबार, बैशाख ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, बैशाख ३
द्वन्द्व सकिएको आठ वर्षपछि बल्ल बल्ल गठन गरिएको बेपत्ता छानबिन आयोगले आफ्नो काम थालेको एक वर्षपछि खोजबिनको प्रक्रिया पनि सुरु भएको छ । संक्रमणकालीन न्यायिक संयन्त्रहरू क्रियाशील भएपछि हराएका व्यक्ति फेला पर्ने आशले आफन्तमा आशाको सञ्चार जागेको छ ।

बिहीबार उजुरी दिने समय खोल्ने बित्तिकै ललितपुरका टेकराज रिजाल हराएका आफन्त खोजी पाउँ भन्दै पहिलो उजुरी दिन आयोगको केन्द्रीय कार्यालय पुल्चोक पुगेका थिए । सबैभन्दा धेरै दुई सय ३१ जना बेपत्ता रहेको बर्दियामा पनि तीन वटा उजुरी परेका छन् । शान्ति समिति बर्दियाका सचिव उमेशकुरमा गुप्ताले उजुरी पर्ने क्रम सुरु भएको जानकारी दिए । सरकारले देशभरीका शान्ति समितिमार्फत उजुरी दिन पाउने व्यवस्था गरेको छ । पहिलो दिन १५ वटा उजुरी परेका छन् सबैभन्दा बढी बाँकेमा चार उजुरी परेका छन् ।

सरकारको तथ्याङ्कअनुार देशभरबाट १५ सय ३० व्यक्ति बेपत्ता पारिएको सूचीमा छन् । तर द्वन्द्व थेग्न नसकेर वा तेश्रो पक्षले बेपत्ता पारेका व्यक्तिको संख्या त्यसको २० प्रतिशत अर्थात करिब पाँच सयको हाराहारीमा छ । बेपत्ता भएका र पारिएका गरी करिब दुई हजारको खोजीले आफन्तको टुङ्गो त लाग्ने छ सँगै अरू त्यसको महत्व पनि जोडिएको छ ।

आयोगका प्रवक्ता डा. विष्णु पाठकले सत्य तथ्य पत्ता लगाउने गरी गोप्य तरिकाले अनुसन्धान हुने भएकाले विश्वास गर्न आग्रह गरे । संकलन भएका उजुरीहरू आयोगले काठमाडौंमा ल्याएर छानबिन गर्ने र पछि पीडितको घर पीडितको घर–घरमा नै पुगेर थप अनुसन्धान पनि गर्नेछ । संकलन भएका फारमहरू र छानबिन दुईटै गोप्य रहने भएकाले शंका नगर्न आयोगले भनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ