मोरङमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मोरङमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • शुक्रबार, बैशाख ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ ३ चैत्र । मोरङको उर्लाबारी–मधुमल्ला सडकखण्डमा गएराति भएको सवारी दुर्घटनमा तीन जनाको मृत्यु भएको छ ।

मधुमल्लाबाट उर्लाबारीतर्फ जादै गरेको बा १३ च ३१५८ नम्बरको बलेरो जिपले विपरित दिशाबाट आउदै गरेको मे ३ प ४९४१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरका सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक मोरङ टाँडी–८ का २० वर्षीय संगित लिम्बूको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

बाँकी स्कुटरको पछाडि सवार टाँडी–८ कै १९ वर्षीय मिलन राई र झापा शरणामतीका २१ वर्षीय सनम रणपहेलीको उपचारका लागि विराटनगर लैजाने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।

ठक्कर दिने जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ