पोखरा कप फुटबलमा आज आर्मी विरुद्ध सरस्वती क्लब मैदान उत्रिदै

पोखरा कप फुटबलमा आज आर्मी विरुद्ध सरस्वती क्लब मैदान उत्रिदै

  • शुक्रबार, बैशाख ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

पोखरा ३ वैशाख ।

पोखरामा जारी मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगितामा आज विभागीय टोली त्रिभुवन आर्मी विरुद्ध सरस्वती क्लब मैदान उत्रिदैछ ।

खेल दिउँसो २ बजेपछि पोखरा रंगाशालामा हुनेछ । आजको खेलमा जीत हात पार्दै दुवै टोली अघिल्लो चरण प्रवेश गर्ने दाउमा हुनेछ ।

यसअघि हिजो सम्पन्न खेलमा घरेलु टोली पोखरा ११ लाई १–० ले पराजित गर्दै धरान फुटबल क्लब प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ ।

धरानका लागि खेलको ७३ औं मिनेटमा तीर्थ बस्नेतले गरेको गोल नै निर्णयक बन्यो । बस्नेतले विपक्षी खेलाडी बिमल बस्नेतलाई बिट गरेर सेकेन्ड बार च्याप्दै गोल गरे ।

धरानले अब प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि दिल्ली युनाइटेड क्लब भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी