काठमाडौ , ३ वैशाख । सत्ता नेतृत्वकर्ता दल नेकपा एमालेको केन्द्रिय कार्यसमिति बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेपछि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बोलाइएको छ ।
आजको बैठकमा आज अध्यक्ष केपि शर्मा ओलीले प्रतिवेदन माथि उठेका प्रश्नको जवाफ दिनुहुने नेता केशव बडालले जानकारी दिनु भयो ।
यसअघि हिजै अध्यक्ष ओलीले जवाफ दिदै बैठक समापन गर्ने कार्यसुची रहेपनि वरिष्ठ नेता माधव कुमार नेपाल लगायतका नेताहरुले धारणा राख्न समय माग गरेपछि बैठक एक दिन पुनः लम्बीएको हो ।
बैठकमा धारणा राख्ने अधिकाशं नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले नै पार्टीमा गुटबन्दी गरेको आरोप लगाएका थिए ।
यसअघि विभिन्न १० समुहमा विभाजित केन्द्रिय सदस्यहरुले अध्यक्ष ओलीको प्रतिवेदनमाथि समुहगत रुपमा धारणा राखेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline