हेर्दै हुनुहुन्छ नि कम्युनिष्ट कस्ता भए ?

हेर्दै हुनुहुन्छ नि कम्युनिष्ट कस्ता भए ?

  • शुक्रबार, बैशाख ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

भारतको नक्सलवादी आन्दोलनको जन्मथलोको रुपमा चिनिने पश्चिम बंगालको नक्सलवादी ईलाकामा चनावको सरगर्मी तीव्र भएको छ ।
उत्तरी बंगालको यो ईलाका सन् १९६० को दशकमा चुनावी राजनीतिक मतदान बहिष्कार गरिने ठाउ हो ।
दार्जिलिङ जिल्लाका नक्सलवादीहरुले आफैमा संघर्षको एउटा पूरा ईतिहास बनाएका छन् । यो नै त्यो ईलाका हो जसले लाल झण्डालाई देशमा टाढा सम्म फैलायो र सघर्षमा थुप्रै ज्यान पनि गुम्यो ।
सबै कम्युनिष्ट पार्टीहरुले गीतमा लाल झण्डा बोकेर मजदुर किशानको सघंर्षमा बलिदानी दिनेहरुको सम्झना गर्दछन् ।

१९६० को दशकमा कानु सान्यालले भारतको कम्युनिष्ट पार्टी माक्र्सवादी लेनिनवादीको स्थापना गरेका थिए र उत्तरी बंगालका चिया बगानमा काम गर्ने मजदुर र आम किशानको शोषण विरुद्ध संघर्ष तीव्र बनाए । यही आन्दोलन शसस्त्र संघर्षमा बदलियो र त्यसमा जोडिएका मानिसहरु नक्सली भन्न थालिए ।
यो त्यो कम्युनिष्ट थियो जो चुनावी राजनीतिको बहिष्कार गरिरह्यो तर पछि कानू सान्याल ने हतियारबद्ध आन्दोलन समाप्त भएको घोषणा गरे । उनले केही वर्ष अघि आत्महत्या समेत गरेका छन् । लामो समय विरामी परेकै बेला उनले आत्महत्या गरेका हुन् । र अहिले नक्सलवारीमा रहेको उनको घर तथा कार्यलय एउटा स्मारकको रुपमा रहेको छ ।

आज पनि सिपीआई (एमएल) को झण्डा पार्टीको आगंनमा झुकाईएको छ । शायद यस ईलाकामा मानिसहरु अहिले सम्म कानु सान्यालको मृत्युको शोकबाट माथि उठिसकेका छैनन् ।

नजिकैको एउटा झुपडीमा ७३ वर्षकी शान्ति मुंडा बस्छिन् । उनी १३ वर्षको उमेर देखि नै नक्सलवादी आन्दोलनमा लागेकी थिईन् । थुप्रै वर्षको संघर्ष पछि अहिले लाल झण्डाले दुखः दिए जस्तो गरी उनी दुखी जीवन विताईरहेकी छन् । र उनलाई आन्दोलन सफल नभएकोमा दुखः छ ।
उनलाई यो पनि दुखः छ कि सन् १९६० को दशकको अन्त्यमा जुन नक्सलवादी आन्दोलनमा जोडिएका मानिसहरु मार्ने, मुद्धा चलाउने मानिसहरु सगै अहिले लाल झण्डावाला मानिसहरुले गठजोड गरेका छन् ।
उनी भन्छिन् “ पहिले त बंगालको राजनीतिको दुई केन्द्र थियो । एक भारतको कम्युनिष्ट पार्टी र काग्रेस । अहिले त लाल झण्डा बोक्ने विश्वभर पार्टीहरु बनेका छन् । अब त यहा सम्म कि लाल पार्टीका मानिसहरु हात छापमा भोट दिनुस् भनेर भनिरहेको पनि देखिन्छ । अब देख्नु भएको छ नि हाम्रो देशमा कम्युनिष्ट कस्ता भए । ”

शान्ति भन्छिन् हतियारवद्ध संघर्ष समाप्त भए पछि उनले भोट हाल्दै आएकी छन् । एक एक गर्दै उनले पुरानो कथा सुनाउदै गईन् । उनले भूमिगत भएर मजदुर किशानको आन्दोलन लडेको बारेमा ।
अलि पर पुराना नक्सली नेता कबिराज रायको घर छ । मेरो भेट उनीसग‘ हुदा उनी खेतमा काम गरीरहेका थिए । उनी भन्छन् “ हतियारवद्ध आन्दोलन रोकेर लोकतन्त्रको बाटो अपनाए पनि हामीहरुलाई कुनै फाईदा भएन । ”

उनी लोकतन्त्रमा रहेका धेरै दल र नेताहरु बेईमान र अन्यायी रहेको ठान्दछन् ।
नक्सलबारीमा जुन ठाउमा कानु सान्यालका स्मारक छ , त्यस आसपासमा रहने युवाहरुले अहिले पनि उनलाई आदर्शको रुपमा हेर्दछन् । यद्यपि, उनीहरु क्रान्ति र वामपन्थलाई त्यति रुचाउदैनन् । उनीहरु मध्य २६ वर्षीय भरत एक हुन् । उनी भन्छन् यदी कानु सान्याल थिएनन भने उनको खेतमा पनि पूजीपतिले कब्जा गरेका हुन्थे ।

उत्तर बंगालमा मजदुरको आन्दोलनको कारणबाट पूजीपति र जमिन्दारहरुले मजदुर र किशानको एकताका सामुन्नेमा झुक्न बाध्य भए र मानिसहरुलाई अधिकारका लागि सरकारी मान्यता समेत प्राप्त भयो ।

तर यो सबै थोक जुन लाल झण्डाको अगुवाईमा भयो , यो काफी कमजोर भएको छ , यही आन्दोलनमा जोडिएका पुराना नेताको अवस्था पनि त्यस्तै छ ।
    -सलमान रावी, बीबीसी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी