बैशाख २ काठमाण्डौं । बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी भित्र चरम विवाद उत्पन्न भई पार्टी विभाजनको अन्तिम चरणमा पुगेका बेला केही नेताहरुले भूकम्प पीडितका नाममा उठेको दश लाख रकम देव गुरुङ, श्रीराम ढकाल प्रसान्त सहितकाले बाडेर खाएको दावी केही नेताले गरेका छन् ।
भूकम्प पछि चारैतिरबाट राहत संकलन र वितरण भईरहेका बेला बैद्य नेतृत्वको नेकपा माओवादीले पनि रकम संकलन गरेको थियो ।
प्रत्यक जिल्लाबाट ५ हजार भन्दा माथि , कर्मचारी संगठन लगायतकाबाट दश लाख उठाउने योजना बनेको र त्यसका लागि देव गुरुङ र कार्यलय सचिव श्रीराम ढकाल प्रसान्तको नाममा नेबील बैंकमा खाता खोलिएको थियो ।
उक्त रकम प्रधानमन्त्री राहत कोषमा राख्ने भनेर संकलन गरिएको भए पनि हाल सम्म पनि रकम राहत कोषमा जम्मा नभए पछि मिलेमतोमा राहत खाएको भन्दै अहिले चर्चा शुरु भएको नाम उल्लेख नगर्ने शर्तमा एक नेताले बताएका छन् ।
यस विषयमा थप विवरण पछि प्रकाशित गरिने छ ।
ती नेताका अनुसार गुरुङले पार्टीको पैसाले आफ्नो छोरालाई डाक्टर बनाएको भन्ने आरोप बैठकमै लागेको थियो भने श्रीराम ढकालमाथि पनि भ्रष्ट भएको भन्ने चर्चा निकै चल्ने गरेको छ ।
अहिले पार्टी विभाजनको अन्तिम चरणतर्फ गए पछि दुवै पक्षका नेताले एक अर्काको पोल खोल्न थालेका छन् । यद्यपि, सबै रकम गुरुङ र ढकालले मात्र खाएको भन्नु गलत हुने र यदी खाएकै भए अलि धेरै नेता मिलेर खाएको हुन सक्ने अर्का केन्द्रीय सदस्यले दावी गरेका छन् ।