पोखरा ११ लाई हराएर धरान क्वाटरफाइनलमा

पोखरा ११ लाई हराएर धरान क्वाटरफाइनलमा

  • बिहिबार, बैशाख २, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ २ वैशाख । धरान फुटबल क्लब पोखरा कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज भएको खेलमा आयोजक पोखरा ११ लाई एक शून्य गोल अन्तरले हराएर धरान क्वाटरफाइनलमा पुगेको हो ।

धरानका तिर्थ बस्नेतले खेलको ७३ औं मिनेटमा गोल गरे । धरानले क्वाटरफाइनलमा भारतको दिल्ली यूनाईटेडसँग वैशाख ७ गते खेल्नेछ ।

प्रतियोगिता अन्र्तगत भोली नेपाल आर्मी र सरस्वती क्लबबिच अन्तिम प्रिक्वाटरफाइनल खेल हुनेछ । खेल पोखरा रंगशालामा दिउँसो १ बजे सुुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा यसअघि सशस्त्र प्रहरीको एपिएफ क्लब र झापा ११ क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन् ।

वैशाख ११ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद पाँच लाख ५ हजार ५ सय ५५ र उपविजेताले दुई लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी