काठमाडौ १ वैशाख ।
झापा–११ पोखरामा जारी मनकामना केबलकार पोखराकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा आज भएको भएको प्रिक्वार्टर फाइनल खेलमा रुपन्देही–११ लाई ३–१ ले पराजित गर्दै झापा अन्तिम आठमा पुगेको हो ।
झापाको जितमा कर्ण लिम्बु, देवेन्द्र तामाङ र दिलेन लोक्तामले एक–एक गोल गरे । रुपन्देहीका लागि द्रोण थापाले एक सान्त्वना गोल फर्काए ।
यसअघि भएको खेलमा नवजनजागृति युवा क्लब सिमरालाई पराजित गर्दै सशस्त्र प्रहरी क्वार्टरफाइनलमा पुगिसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline