खोटाङको काभ्रेपानीमा यात्रुबस दुर्घटना, २२ को मृत्यु

खोटाङको काभ्रेपानीमा यात्रुबस दुर्घटना, २२ को मृत्यु

  • मङ्लबार, चैत्र ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

खोटाङ ,३० चैत ।
खोटाङको काभ्रेपानीमा आज बिहान भएको यात्रु बस दुर्घटनामा २२ जनाको मत्यु भएको छ । दुर्घटनामा अन्य २३ जना घाइते भएका छन् ।

दिक्तेलबजारबाट काठमाडौं तर्फ आउँदै गरेको बा २ ख ६३७६ नम्बरको बस विहान ८ बजे काभ्रेपानीको बर्खेटार भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट करिव ५ सय मिटर तल खसेको थियो । दुर्घटनामा चालक अर्जुन उप्रेती सहित २२ जनाको मृत्यु भएको उद्धारमा संलग्न नेपाली सेनाको शेरगण मुडे ब्यारेकका प्रमुख सेनानी मदन न्यौपानेले जानकारी दिनुभयो ।

घाइते मध्ये गम्भिर अवस्थाका २० जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरवाट काठमाण्डौं ल्याउने तयारी भएको न्यौपानेले बताउनु भयो । अन्यको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

मृतकमा ७ जना महिला र १६ जना पुरुष रहेका छन । घाइते मध्ये अधिकांशको अवस्था गम्भिर रहेको उद्धारमा खटिएका अधिकारीहरुले बताएका छन् । बसमा ४२ जना यात्रु सवार थिए ।

नेपाली सेना, प्रहरी र स्थानीयबासी उद्धार कार्यमा खटिएका छन् । दुर्घटनास्थल सदरमुकामवाट करिव ४ घण्टाको दुरीमा पर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ