काठमाण्डौ ,३० चैत ।
मनकामना केवलकार पोखरा कपको पाँचौ संसकरण आजदेखि सुरु हुदै छ । पोखरा रंगशालामा आज हुने उद्घाटन खेलमा एपीएफ र नवजागृति क्लबबीच प्रतिस्पर्धा हुने छ ।
दुबै टिम पहिलोपटक आज आमने सामने हुदैछन् । भर्खरै सम्मपन्न झापा गोल्डकपमा सेमिफाईनलमा थ्रीस्टारसँग पराजित एपीएफ आफ्ना अनुभवी खेलाडि लिएर मैदान उत्रदा नवजागृति भने युवा खेलाडीका साथ प्रतिस्पर्धामा उत्रनेछ ।
प्रतियोगीतामा यी दुई टिम सँगै त्रिभुवन आर्मी ,पुलिससँगै मनाङ मस्याङदी ,सरस्वती क्लब ,थ्रीस्टार ,धरान फुटबल क्लब ,रुपन्देशी ११ ,रमपम झापा र भारतको दिल्ली एएफसी सहभागी हुनेछन् ।
वैशाख ११ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले ५ लाख ५ हजार पाउनेछ भने उपविजेताले २ लाख ५५ हजार पाउनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline