सद्भावना पार्टी युवामञ्चका महासचिव नयाँ शक्तिमा

सद्भावना पार्टी युवामञ्चका महासचिव नयाँ शक्तिमा

  • सोमवार, चैत्र २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, २९ चैत । नेपाल सद्भावना पार्टीको युवा संगठन युवामञ्चकामहासचिव रुपेश चौधरी नयाँशक्ति नेपालमा आवद्ध भएका छन् ।
अनिलझा नेतृत्वको सद्भावना पार्टी निकट युवा संगठनका महासचिवचौधरीले पुरानो पार्टी परित्याग गर्दै नयाँशक्ति नेपालमा आवद्ध भएकाहुन् । आइतबार एक विज्ञप्ति जारी गर्दै दोस्रो संविधानसभामामहोत्तरी क्षेत्र नं. ३ काउम्मेदवारसमेत रहेकाचौधरीले नयाँशक्तिले बोकेको एजेन्डा मनपराउँदै नयाँशक्तिमा सहभागीभएको स्पष्ट पारेका छन् ।
‘हाम्रो अथकप्रयासकाबावजुदमधेस आन्दोलनको सन्दर्भमा पार्टीले लिएको गलतनीतिलाई सच्याउन सकिएन,’ विज्ञप्तिमा झाले भनेका छन्, ‘उल्टै पार्टी नेतृत्वबाट नेपालीजनताको बीचमा सदियौंदेखि रहेको सद्भावखलबल्याउने गलत कुटनीतिको प्रयोग गरी नेपालको स्वाधीनतामा समेत आँचपुग्ने क्रियाकलापभइरहेकोले सो पार्टीमा रहेर राजनीतिगर्ने अवस्थाविद्यमान रहेन ।’

उनले सन्तुलित कुटनीति, स्वाधीनता, समावेशीलोकतन्त्र, समृद्ध समाजवाद र सदाचार मुख्यएजेन्डा बोकेको नयाँशक्ति नेपालको एजेन्डा मन परेर नयाँशक्तिमा समाहितहुने निर्णय गरेको स्पष्ट पारेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ