चैत्र २९ काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकृत क्याडेटलाई आयुक्त पद प्रदान गर्नु भएको छ ।
नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा आज आयोजित कार्यक्रममा उहाँले अधिकृत क्याडेटलाई आयुक्त पद प्रदान गर्नुभएको हो ।
सिसं ५४ अधिकृत क्याडेट तालिमका १० महिलासहित १०७ अधिकृत क्याडेट र सिसं ४४ पदिक हुद्दा अधिकृत क्याडेट तालिमका एक महिलासहित २६ जनालाई आयुक्त पद प्रदान गनुृभयो ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्ता एवम् भौगोलिक अखण्डताको रक्षार्थ नेपाली सेनाले संविधानको अधीनमा रहेर सरकारको मातहत र निर्देशनमा काम गर्दै आएको बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline