ओलीले पार्टीमा गुटबन्दीलाई प्रोत्साहन गरेको आरोप

ओलीले पार्टीमा गुटबन्दीलाई प्रोत्साहन गरेको आरोप

  • सोमवार, चैत्र २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

चैत्र २९ काठमाण्डौं । सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथिको छलफलका क्रममा सदस्यहरुले ओलीले पार्टीमा गुटबन्दीलाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।

केन्द्रीय कमिटीको सोमबारको बैठकमा केन्द्रीय सदस्यहरुले अध्यक्ष ओलीमाथि नेता(कार्यकर्तालाई असमान व्यवहार गरेको आरोप लगाए ।

केन्द्रीय सदस्यहरुलाई १० वटा समूहमा विभाजन गरेर अध्यक्ष ओलीको प्रतिवेदनमाथि छलफल गराइएको थियो । समूहका नेताहरुले सोमबार आ(आफ्नो समूहको निष्कर्षसहितको सुझाव पेश गरेका थिए । सुझाव पेश गर्ने समूह नेताहरुले सबैलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वले ध्यान नदिएको आरोप लगाए ।

समूह नेताहरुले सरकार गठन भएको ६ महिना वित्दा पनि प्रभावकारी काम गर्न नसकेको, भूकम्प प्रभावितहरुलाई राहत दिन नसकेको, कालोबजारी र महंगी बढेको लगायतका विषयमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

यस्तै उनीहरुले तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्नसमेत माग गरेको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए ।

अध्यक्ष ओलीले पार्टीको विधानको धारा ७४ को बाधा अड्काउ फुकाउका माध्यमबाट स्थायी कमिटीका सदस्यको संयोजकत्वमा प्रदेश कमिटी गठनको प्रस्ताव गरेकामा केन्द्रीय सदस्यहरुले भने त्यसो गर्नुभन्दा जतिसक्दो चाँडो विधान अधिवेशन गरेर विधान संशोधन गरी संविधान अनुरुपमा संरचना बनाउनुपर्ने बताएका थिए । केन्द्रीय कमिटीको बैठक मंगलबार पनि बस्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ