विपन्न वर्गका जनता श्वास्थ्य क्षेत्रको प्रगतिबाट विमुख : राष्ट्रपति भण्डारी

विपन्न वर्गका जनता श्वास्थ्य क्षेत्रको प्रगतिबाट विमुख : राष्ट्रपति भण्डारी

  • सोमवार, चैत्र २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ, २९ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भए पनि विपन्न वर्गका जनता त्यो प्रगतिबाट विमुख रहेको बताउनु भएको छ ।

काठमाडौंमा सुरु भएको भएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्वास्थ्य सेवाको क्षेत्रमा भएको विकास गाउँ तहसम्म विस्तार नभएका कारण विपन्न वर्ग अझैपनि गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट वञ्चित रहेको बताउनु भयो ।

राज्यले लगानी गरेका स्वास्थ्य संस्था गाउँ तहसम्म फैलिएपनि तिनको सेवा प्रभावकारी नरहेको र यहि कारण ग्रामिण भेगका महिलाले सुत्केरी हुँदा ज्यानै गुमाउनुपर्ने पीडादायी अवस्था रहेकोमा जोड दिनुभयो ।

ग्रामिण महिलाहरुले प्रभावकारी र गुणस्तरीय सेवा पाउन नसकेको तथा निजी क्षेत्रको स्वास्थ्य सेवा महङ्गो भएको विषयमा सरकारले गम्भीर ध्यान दिन आवश्यक रहेको उहाँको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ