आन्दोलनका नाममा अराजक गतिविधि गर्न कसैलाई छुट छैन : मन्त्री बस्नेत

आन्दोलनका नाममा अराजक गतिविधि गर्न कसैलाई छुट छैन : मन्त्री बस्नेत

  • सोमवार, चैत्र २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ २९ चैत्र ।
गृहमन्त्री शक्ति बस्नेतले आन्दोलनका नाममा लोकतान्त्रिक विधि र प्रक्रिया भन्दा बाहिर गए सरकार चुप लागेर नबस्ने चेतावनी दिनु भएको छ ।

विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बस्नेतले आन्दोलनका नाममा अराजक गतिविधि गर्न कसैलाई छुट नभएको बताउनु भयो ।

संविधान संशोधनसँगै मधेसी मोर्चाका माग सम्बोधन भईसकेकाले अब आन्दोलनको औचित्य नभएको उहाँको भनाई थियो ।

मन्त्री बस्नेतले राजनीतिक समस्या राजनीतिक तवरबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो । एक अर्को प्रसंगमा उहाले केही दिनभित्रै जनताले इन्धनका लागि लाइनमा बस्नु नपर्ने दाबी समेत गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ