उच्चस्तरीय संघीयता कार्यान्वयन समितिको औचित्य नरहेको देउवाको धारणा

उच्चस्तरीय संघीयता कार्यान्वयन समितिको औचित्य नरहेको देउवाको धारणा

  • सोमवार, चैत्र २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ, २९ चैत्र ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको अध्यक्षतामा गठित उच्चस्तरीय संघीयता कार्यान्वयन समितिको औचित्य नभएको बताउनुभएको छ ।

स्थानीय शान्ति समिति खोटाङ र सर्वदलीय सम्मिलित प्रतिनिधिमण्डलको आज आफ्नै निवास बुढानिलकण्ठमा ज्ञापनपत्र बुझ्दै सभापति देउवाले सरकारले हालै गठन गरेको संघीयता कार्यान्वयन समितिको औचित्य नभएको बताउनुभएको हो । उहाँले सरकारले गठन गरेको समितिबारे आफूलाई जानकारीसमेत नभएको बताउनुभयो ।

सभापति देउवाले संविधान कार्यान्वयनका लागि राजनीतिक दलहरुबीच सहकार्य हुनुपर्ने बताउँदै उहाँले संविधान कार्यान्वयन नहुँदा राजनीतिक स्थायित्व हुन नसकेको भन्दै सबैखाले संक्रमणकालको अन्त्यका लागि संविधान कार्यान्वयन जरुरी रहेकोमा जोड दिनुभयो ।

कुनै एक पार्टीको निर्णयबाट मात्र मुलुकले निकास पाउन नसक्ने भन्दै उहाँले सबै राजनीतिक दलको सहकार्य आवश्यक रहेको पनि बताउनुभयो । सभापति देउवाले आर्थिक क्षेत्रको विकास बिना मुलुकको विकास सम्भव नहुने बताउँदै राजनीतिक स्थायित्वपछि विकासले गति लिने समेत बताउनुभयो ।

शान्ति समिति सम्मिलित सर्वदलीय प्रतिनिधिमण्डलले भने खोटाङको विकास निर्माणबारे ध्यानाकर्षण गराउँदै सभापति देउवासमक्ष ८ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ