उपत्यकामा साताव्यापी ग्यास वितरण अभियान

उपत्यकामा साताव्यापी ग्यास वितरण अभियान

  • सोमवार, चैत्र २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

काठमाडौ २९ चैत्र ।  

काठमाडौं उपत्यकाका सबै उपभोक्तालाई ग्यास र्पुयाउने उदेश्यले आजबाट एक साता सम्म ग्यास वितरण अभियान सञ्चालन हुदैछ ।

अभियानको पहिलो दिन आज भक्तपुरका सबै डिलरमा ग्यास र्पुयाउने र बिहान ११ बजेदेखि वितरण थाल्ने तयारी भएको ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताउनुभयो ।

यस्तै भोली काठमाडौंको नयाँ बानेश्वर, कोटेश्वर, बत्तिसपुतली, शंखमूल, माइतीघर, बुद्धनगर र बबरमहल क्षेत्रमा ग्यास वितरण हुनेछ ।

तालिका अनुसार वैशाख २ गते काठमाडौंको पुरानो बानेश्वर, सिनामंगल, गौशाला, चाबहिल, बौद्ध, चुच्चेपाटी, कपन, साँखु, सुन्दरीजल र नयाँबस्ती क्षेत्रमा ग्यास बिक्री हुनेछ ।

यस्तै ३ गते ललितपुर क्षेत्रमा तथा ५ गते काठमाडौंकै न्यूरोड, असन, लगन, पुतलीसडक, कालिकास्थान, त्रिपुरेश्वर, डिल्लीबजार, ज्ञानेश्वर र मैतीदेवीका उपभोक्ताले ग्यास पाउने छन् ।

४ गते भने शनिबार परेकाले ग्यास बिक्री नहुने संघले जनाएको छ । यस्तै ६ गते कंलकी, थानकोट, बल्खु, कीर्तिपुर, सतुंगल, कालिमाटी, बाफल, बालाजु, सीतापाइला र स्वयम्भूमा ग्यास वितिरण गर्ने तालिका छ ।

अभियानको अन्तिम दिन अर्थात ७ गते महाराजगञ्ज, बुढानिलकण्ठ, गोंगबु, लाजिम्पाट, दरबारमार्ग, बालुवाटार, विशालनगर, भाटभटेनी र धुम्बाराही क्षेत्रमा ग्यास बिक्री गरिने उद्योगीले बताएका छन् ।

उद्योगीका अनुसार लामो समयदेखि ग्यास अभाव खेप्दै आएका उपभोक्तालाई मात्रै वितरण गरिनेछ । सबै उपभोक्तलाई ग्यास र्पुयाउन प्रति परिवार एक सिलिण्डर मात्रै वितरण गर्ने तयारी भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ