जापान २९ चैत / विश्वको ब्यस्त अनि महँगो शहर भनेर चिनिने जापानको टोक्योमा नेपली म्युजिक भिडियो निर्माण कार्यमा बृद्धि भएको छ |
यसैबीच नेपाली टेलिसिरियलका हास्यकलाकार तथा एस. एम .एस फ़िल्म प्रोडक्सनका शुलेमान शंकर(इकु)पनि अहिले जापानकाे बिभिन्न शहरहरुमा आफ्नाे म्युजिक भिडियाे निर्माणमा ब्यस्त छन् । बसन्त रृतुकाे आगमन संगै जापानमा ढकमक्क फुल्ने राष्टिय फ़ुल साकुराकाे रमाइलाे पाकृतिक मनाेरममा छयांकन भइरहेकाे साे म्युजिक भिडियाेकाे कन्सेप शुलेमान शंकर(इकु) ले निर्देशन गरेका छन् ।
गायक बिश्व नेपालकाे “नजिकबाट हाेइन टाढाबाट हेर्ने गर ” र गायिका अन्जु पन्तकाे “तारा गन्दै” बाेल गीतकाे म्युजिक भिडियोमा मोडल उत्तम श्रेष्ठर पुनम गुरुङको प्रमुख अभिनय रहेको छ भने क्यामरामा बिनाेद भण्डारी र इन्द्र भण्डारी कलाकार साेनी शिवानी तामाङ लगायतका कलाकारहरुले साथ दिइरहेकाे निर्देशकद्वयले बताए । नेपाली नयाँ बर्ष २०७३ सालकाे अवसर पारेर म्युजिक भिडियाेकाे बिमाेचन गर्ने तयारीका साथ अघि बढिरहेकाे इकुले बताए ।
हाम्राे ग्रुप जापानले हालै सम्पन्न सांगितिक कार्यक्रम लागि उपस्थित भएका हास्य कलाकार इकुले भिडियाे निर्माणका लागि टिमबाट राम्राे साथ सहयाेग पाएकाे साथै नेपालमा भन्दा जापानमा भिडियाे निर्माण गर्ने ठाऊँमा दर्शक तथा शुभ चिन्तकहरुकाे क्राउड बढ़ी भएकाे नयाँ अनुभव हुनुकाे साथै थप हाैसला मिलेकाे बताए ।
इकु नेपाली हास्य टेलि सीरियल मेरी बास्सैमा हास्यकलाकारकाे रुपमा चिनिदै आएकाे छ भने माेडल उत्तम स्थानिय कलाकार र पुनम संचार कर्मी तथा सफल उत्घाेषिकाकाे रुपमा परिचित छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

