कर्मचारी थुनेर कर्मचारी युनियनको चुनाव गराउदै सरकार ?

कर्मचारी थुनेर कर्मचारी युनियनको चुनाव गराउदै सरकार ?

  • सोमवार, चैत्र २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

चैत्र २९ काठमाण्डौं । सत्तारुढ एकीकृत माओवादी सहित विभिन्न दलका चार वटा ट्रेड युनियनले आधिकारीक ट्रेड युनियनको चुनाव रोक्न माग गर्दै आन्दोलन जारी राखेका छन् ।
आज पनि बिहानै देखि सिंहदरबारमा ती संगठनका नेता सहित सदस्यहरु धर्ना शुरु गरेका थिए ।

 धर्नामा बसेका आन्दोलनकारी कर्मचारीलाई पक्राउ गरेर साझ रिहा गरिएको जनाईएको छ ।  सरकारले सिंहदरबार भित्र ठूलो मात्रामा परिचालन गर्नुका साथै सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा समेत कडाई गरेको छ । उता निर्वाचनको तालिका अनुसार आज ट्रेड युनियनहरुले मनोनयन गर्दै छन् । चुनाव भने आगामी १० गते हुने छ ।
सल्लाह नगरी निर्वाचनको मिति तोकिएको तथा कम्तीमा २० प्रतिशत कोटा समावेशी हुनु पर्ने माग राखेर  कर्मचारीहरु आन्दोलित भएका हुन् ।

सवारी चालक संघका अध्यक्ष शरण गुरुङ र नेपाल राष्ट्रिय कर्मचारी महासंघका निजामति संगठनका केन्द्रीय सदस्य गणेशलाल महर्जनलाई अझै रिहा नगरिएको सो संगठनले जनाएको छ । नेपाल राष्ट्रिय कर्मचारी महासंका अध्यक्ष मोहनमान स्वांरले आफूहरुको आन्दोलन जारी रहने बताउनु भयो ।

“सरकारले कर्मचारी ट्रेड युनियनका नेताहरुलाई थुनेर आधिकारीक ट्रेड युनियनको चुनाव गर्न खोज्दै छ , यो कस्तो निरकुशता हो ?” चार वटै ट्रेड युनियनका महासचिव प्रवाश शाहले भन्नु भयो ।

आफूहरुसँग सल्लाह नै नगरी विधि र प्रक्रियाविपरीत ट्रेड युनियनको निर्वाचन प्रक्रिया अघि बढाइएको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन, मधेसी निजामति कर्मचारी मञ्च, राष्ट्रसेवक कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठनले चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।

यसैबीच नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल आयल निगमले पनि कर्मचारीहरुको जारी आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।
संगठनका अध्यक्ष गोपाल चन्द्र राईले कर्मचारी ट्रेड युनियनको चुनावमा सरकारले हैकमवादी प्रवृति देखाएर सीमित संगठनको मात्र प्रभावमा चुनाव गराउन खोजेको भन्दै यस्तो प्रवृति मान्य नहुने चेतावनी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी