मधेश समस्या सम्वोधनका लागि गम्भिर बन्न दलहरुलाई पुर्वराष्ट्रपतिको सुझाव

मधेश समस्या सम्वोधनका लागि गम्भिर बन्न दलहरुलाई पुर्वराष्ट्रपतिको सुझाव

  • आइतवार, चैत्र २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाण्डौ, २८ चैत्र । पूर्व राष्ट्रपति डा. रामवरण यादवले मधेसमा देखिएको समस्या सम्वोधनका लागि गम्भिर बन्न दलहरुलाई सुझाव दिनु भएको छ ।

संविधान घोषणासँगै मधेसमा देखिएको असन्तुष्टी सम्वोधन हुन नसके मुलुकको हित नहुने उहाँको भनाइ छ । नेपाली सेनाका पूर्व सेनापति छत्रमान सिंह गुरुङको आत्मकथाको राजधानीमा आज विमोचन कार्यक्रममा बोल्दै यादवले सबै नेपालीको भावना समेटेर संविधान कार्यन्वयनमा जानुपर्ने बताउनुभयो ।

 यादवले तत्कालिन समयमा सेनापति रुक्माङगत कटवाललाई हटाउने एकीकृत माओवादी नेतृत्वको सरकारको निर्णय रोक्ने आफ्नो कदमको बचाउ गर्नु भयो ।

दोस्रो संविधानसभाको निर्वाचन गर्न प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउने पक्षमा आफू नभएपनि दलहरुको आग्रह स्वीकार गरेको यादवको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ