काठमाडौं चैत्र २८ । प्रेस काउन्सिल नेपालले नेपाली मिडिया एवम् पत्रकारहरुलाई अनुचित प्रलोभनमा पारी सार्वभौसत्ता, सामाजिक सदभाव् र भौगोलिक अखण्डता विरुद्ध प्रचार प्रसार भैरहेकोप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएको छ ।
काउन्सिलले २०७२-१२-२८ गते एक विज्ञप्ती जारी गर्दैे पत्रकार आचारसंहिता, २०६० ( संशोधित तथा परिमार्जित–२०६४) को दफा ४(१) मा “नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र जातजाती वा सम्प्रदायहरु वीचको सु–सम्वन्धमा खलले पु¥याउने कार्य पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने” उल्लेख भएको हुँदा सोको पालनामा सचेत र सजक रहन अपील गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline