सुरक्षा परिषदको बैठक धरानमा जारी

सुरक्षा परिषदको बैठक धरानमा जारी

  • आइतवार, चैत्र २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ ,२८ चैत्र ।
सुनसरीको धरानमा दुईदिने क्षेत्रीय सुरक्षा बैठक शुरु भएको छ । भोलिसम्म चल्ने बैठकले वर्तमान सुरक्षा अवस्थाको समीक्षा र भावी रणनीति तयार गर्नेछ ।

पूर्वी तराईका जिल्लामा बढ्दै गएको आपराधिक घटना नियन्त्रणमा पनि बैठक केन्द्रित हुने छ ।

बैठकमा गृहमन्त्री शक्ति बस्नेत, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका कायम मुकायम महानिरीक्षक दुर्जुकुमार राई, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिपकुमार रेग्मी लगायत पूर्वाञ्चलका १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको उपस्थिति रहेको छ ।

कार्यक्रममा बोल्दै गृहमन्त्री शक्ति बस्नेतले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमै राष्ट्रिय सहमतिको सरकार बनाउनु उपयुक्त हुने भन्दै कांग्रेसलाई पनि सहमतिको सरकारमा आउन आह्वान गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ