काठमाडौँ , २८ चैत ।
वामपन्थी लेखकहरूको छाता सङ्गठन प्रगतिशील लेखक सङ्घ (प्रलेस)को मातृका पोखरेल निर्वाचित हुनु भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न दसौँ राष्ट्रिय सम्मेलनले पोखरेलको अध्यक्षतामा ६९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । चैत २६ र २७ गरी दुई दिनसम्म भएको सम्मेलनले ७० सदस्यीय केन्द्रीय पार्षद् पनि चुनेको छ ।
कार्य समितिमा वरिष्ठ उपाध्यक्षमा राज बहादुर कुँवर, महिला उपाध्यक्षमा विन्दु शर्मा, उपाध्यक्षहरूमा डा. कृष्णराज अधिकारी, खेम थपलिया, राम प्रकाश पुरी, रोशन जनकपुरी, मिश्र वैजयन्ती, पदम प्रकाश शर्मा, पुष्करराज भट्ट रहेका छन् ।
यस्तै महासचिवमा आर.एम. डङ्गोल, वरिष्ठ सचिवमा पुन्य गौतम ‘विश्वास’, सचिवहरूमा सरिता तिवारी, शोभा दुलाल, होम शङ्कर बास्तोला, प्रकाश सिलवाल, कोषाध्यक्षमा विजय राना आचार्य निर्वाचित भएका छन् ।
प्रलेसको केन्द्रीय समिति सदस्यहरूमा नारायण परिश्रमी, गोपीरमण उपाध्याय, वैद्यनाथ ठाकुर, अशोक कुँवर ‘नेत्र’, जनक रसिक, डा. घनश्याम परिश्रमी, प्रमोद धिताल, प्रकाश चापागाईँ, कृष्णहरि भट्ट, रचना शर्मा, राजु स्याङ्तान, केवन विनखी, आरोह नेपाल, लम्जेन सङ्घर्षशील, प्रदीप जैसी, हरिलाल महतरा, चेतनाथ धमला, मनु विक, नारायण शर्मा, प्रकाश थापा मगर, समीर सिंह, साधुराम नेपाल, लक्ष्मीराम आचार्य, विनोद विक्रम केसी, रामचन्द्र नेपाल, श्याम साह, दीपक सापकोटा, माधव घिमिरे अटल, अनिल श्रेष्ठ, परशुराम कोइराला, मोदनाथ मरहट्ठा, यज्ञ बहादुर डाँगी लगाायत रहे ।
