पोखराको बसुन्धरा पार्कमा आजबाट फेवा महोत्सव सुरु हुदै

पोखराको बसुन्धरा पार्कमा आजबाट फेवा महोत्सव सुरु हुदै

  • आइतवार, चैत्र २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

पोखरा ,२८ चैत ।

‘फेवाताल बचाऔ’ भन्ने मूल नाराका साथ आजदेखि फेवा नव वर्ष महोत्सव सुरु हुदै छ । बसुन्धरा पार्कमा हुने महोत्सव बैशाख २ गतेसम्म चल्ने छ ।

महोत्सवमा पाँच तारे होटलदेखि स्थानिय क्षेत्रमा पाइने सबै प्रकारका खानाहरु एकै स्थानमा राखिने भएको छ । यस्तै प्रत्येक दिन सांगीतिक सांस्कृतिक कार्यक्रम, राष्ट्रिय स्तरको लोकदोहोरी गीत प्रतियोगिता, पप कन्सर्ट लगायतका कार्यक्रम राखिएका छन् ।

त्यस्तै, बाल उद्यान तथा मनोरञ्जनात्मक कार्यक्रम, वैंक तथा वित्तिय संस्थाहरुको स्टलहरु रहने, हास्य कलाकारहरुको बेजोड प्रस्तुती, कृषि उपज स्टलहरु निःशुल्क प्रदर्शन लगायतका महोत्वको आकर्षणका रुपमा रहने संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले बताउनु भयो ।

संघले महोत्सवमा प्लाष्टिकका झोला र गिलासको प्रयोग नगर्ने बताएको छ । महोत्सवको अवसरमा यहि चैत ३० गतेदेखि वैशाख १ गतेसम्म अम्बोटदेखि हल्लान चोकसम्म सडक महोत्सव समेत गरिने जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ