झापा गोल्ड कपको उपाधि नेपाल आर्मीलाई

झापा गोल्ड कपको उपाधि नेपाल आर्मीलाई

  • शनिबार, चैत्र २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

झापा, २७ चैत । मोफोसलकै सर्वाधिक पुरस्कार राशीको झापा गोल्ड कपको उपाधि नेपाल आर्मीले हात पारेको छ । झापा ११ लाई १ –० को गोल अन्तरले पराजित गर्दै नेपाल आर्मीले उपाधि जितेको हो ।
उपाधिसंगै आर्मीले नगद ६ लाख रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पनि पाएको छ । नेपाल आर्मीका लागि नवयुग श्रेष्ठले खेल शुरु भएको २२ औं मिनेटमा गरेको गोल नै निर्णयक बन्यो ।

प्रतियोगिता अन्र्तगत घरेलु दर्शकको साथ पाएको झापा ११ ले उप विजेतामा चित्त वुझायो । उसले नगद रु ३ लाख सहित ट्रफी र प्रमाणपत्र हात पारेको छ ।

पटक– पटक पाएको अवसरको सदुपयोग गर्न नसक्दा झापा ११ ले उपविजेतामा नै चित्त वुझाउनु प¥यो ।

आहा रारा गोल्डकप र हेटौडा गोल्डकपको उपविजेता आर्मी राष्ट्रिय टोलीका खेलाडीहरु भरत खवास, विकेश कुथु, नवयुग श्रेष्ठ र जितेन्द्र कार्कीका साथ आर्मी आज मैदान उत्रिएको थियो ।

यता घरेलु मैदानमा रहेको झापा ११ इलामको माइभ्याली गोल्डकप विजेता टिम हो । त्यस यता भएका अन्य प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न झापा ११ ले सकेको थिएन ।
विराट गोल्डकपमा भने झापा ११ उपविजेतामै सिमित बनेर घर फर्किएको थियो । प्रतियोगितामा ह्याट्रिक सहित सर्वाधिक ७ गोल गरेका कर्ण लिम्बू झापाका मुख्य खेलाडी मानिएपनि उपाधि गुमाउनु प¥यो ।

चोट मुक्त हुँदै मैदान फर्किएका नरेन्द्रमणी लिम्बू र खमिर गिल्सन कन्दङ्वाको उपस्थितिले टोलीको मनोबल बढाएपनि झापा ११ उपविजेतामा नै सिमति बन्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी