काठमाण्डौ ,२७ चैत । प्रष्ट बोल्न नसक्ने उमेरमा नै रेडियो मिर्मिरेबाट प्रसाररित कार्यक्रम लोक चौतारीको कार्यक्रम ओपनिङ प्रोमोमा आफ्नो आवाज दिएकी बालिका रितु बोहरा अहिले मोडलिङ क्षेत्रमा पनि परिचित हुन थालेकी छन् ।
६ बर्षको उमेरमा नै उनले दिएको आवाजबाट प्रभावित श्रोताको माग अनुसार नै सोही रेडियोमा १० बर्षको उमेरमा वाल प्रतिभा नामक कार्यक्रम चलाउन सुरु गरेकी थिईन् ।
साना बालबालिकासँग फोनमा कुराकानी गर्ने अनी उनीहरुकै रोजाईमा गीत बजाईदिने गर्थिन् ।
कार्यक्रम प्रसारण भईरहदा आफै पनि घरि घरी अरु बालबालीका जस्तै तोते बोली निकाल्दा अगाडि बसेका प्राविधिकको उनलाई संकेत गर्थै ,त्यसलगत्तै सम्हालिएर कार्यक्रम अबधिभर प्रस्तुती दिने गर्थिन । अहिले उनले चलाउने सो वाल कार्यक्रम पनि रेडियोको लोकप्रिय कार्यक्रम नै बनेको छ ।
हाल भने १५ बर्षको उमेर टेकेकी रितुले अहिले नवराज गौतम र रमेश श्रेष्ठको गीत “छुट्यो माया जाल” मा अभिनय गरेकी छन् । बिन्ध्यावासिनी म्युजिक प्रालिले बजारमा ल्याएको उत्त म्युजिक भिडियोको प्रोमो अहिले बजारमा आउदा उनी फुल भिडियो नआउदै दर्शकको रुचीमा पर्न सफल भएकी छिन् ।
सिन्धुपाल्चोकको टेकानपुर गाविस ८ मा बाबु÷आमा राजु र रमा बोहराकी पहिलो सन्तानका रुपमा बिंस २०५८ साउन १३ गते जन्मिएकी थिईन । रितुले अहिलेका चर्चित मोडल तथा नायक दुर्गेश थापासग‘ अभिनय गरेकी छन् । पहिलो अभिनय बारे प्रतिकृया दिदै रितुले आफू यस अवसरबाट निकै खुसी भएको बताएकी छन् । आगामी दिनमा सकारात्मक भूमिकामा अवसर पाए कलाकारीता क्षेत्रमा पनि पढाई सगै अघि बढ्ने चाहना उनको छ ।
अहिले उनी धुम्बाराहिको ईन्साईट भिजनमा कक्षा ९ मा अध्ययनरत छिन् । राजु बोहरा आफैमा लोकप्रिय लोक चौतारी कार्यक्रमका सञ्चालक एवं रेडियो मिर्मिरेका कार्यक्रम सयोजक तथा गायक समेत छन् । उनकै प्रेरणामा छोरी रितुले पनि यो सफलता हात पार्दै गएकी छन् ।
राजु बोहरा र काब्य आचार्यको स्वर तथा लय शब्द रमेश श्रेष्ठ र बिमला तिमल्सिनाको रहेको छ । यो गीतको म्युजिक भिडियो २०७३ बैशाख १ बाट दर्शकलाई नयाँ बर्षको शुभकामना स्वरुप बजारमा ल्याउने निर्माण युनिटको तयारी रहेको छ । रितुको आगामी दिनका लागि शुभकामना ।
रितुले अभिनय गरेको म्युजिक भिडियोको प्रोमो हेर्न यहा क्लिक गर्नुस् ।

