काठमाडौ २७ चैत्र । सर्बोच्च अदालतमा प्रधान न्यायाधिश नियुक्ति गर्ने सम्बन्धमा छलफल गर्न संवैधानिक परिषदको बैठक आज पनि बस्दैछ ।
बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बोलाइएको छ । यसअघि हिजो नै यस विषयमा छलफल गर्ने भनिएपनि प्रतिपक्षी दलका नेताको कार्य व्यस्तताका कारण एजेन्डमा नै प्रवेश नगरी बैठक स्थगित गरिएको थियो ।
वर्तमान प्रधानन्याधिश कल्याण श्रेष्ठले उमेरहदका कारण एक सातामा अवकाश पाउने भए पछि वरिष्ठतम न्यायाधिश सुशिला कार्कीलाई नियुक्ति गर्ने विषयमा बैठकमा छलफल हुनेछ ।
संसदीय सुनुवाई समिति गठन नभएको तथा संवैधानिक परिषदे पूर्णता पाउन ढिलाई भएकाले कार्कीको नाम हालसम्म सिफारिस हुन सकेको छैन ।
आजको बैठकले भावी प्रधानन्यायाधिशमा कार्कीको नाम सिफरिस गर्ने जनाइएको छ । कार्कीको नाम सिरफारिस भएपनि संसद सन्चालन सम्बन्धी नियमावली बन्न नसकेकाले नियुक्ति भने तत्काल नहुने भएको छ ।
नियमावली नबन्दासम्म सर्बोच्चको २५ औं तथा मुलुककै पहिलो महिला प्रधान्यायाधिश बन्न लाग्नु भएका कार्कीले कार्यबाहकको जिम्मेवारी समाल्नु हुनेछ ।