काठमाडौ २७ चैत्र । झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज आयोजक झापा ११ र विभागिय टोली आर्मीबीच प्रतिस्पर्धा हुदैछ ।
मोफसलकै सर्वाधिक पूरस्कार राशीको प्रतियोगिताको फाइनल खेल दिउँसो विर्तामोडस्थित डोमालाल रंगाशालामा हुनेछ ।
झापा राष्ट्रिय लिग च्यामिपयन थ्रीस्टारलाई पराजित गर्दै फाइनल पुगेको हो भने आर्मीले मनाङलाई हराउदै उपाधि यात्रा तय गरेको हो ।
राष्ट्रिय लिगमा बलियो मानिएको टीम आमीसँगको खेलमा झापाले एक जीत र दुईमा हार बेहोरेको थियो । चोटका कारण अघिल्लो दुई खेल नखेलेको झापाका नरेन्द्र लिम्बु पनि फाइनलमा मैदान उत्रिने भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline