चैत्र २७ काठमाण्डौं । एकीकृत माओवादीका पोलिट व्युरो सदस्य झक्कु प्रसाद सुवेदीका छोरा सन्तोष सुवेदी प्रयासले एमाओवादी परित्याग गरी विप्लव माओवादीमा प्रवेश गरेका छन् ।
शनिबार अनामनगरमा एक कार्यक्रमका बीच एमाओवादी दोस्रो एमाले जस्तो ससदवादमा फस्दै गएको क्रान्तिको अभिभारा पूरा गर्ने पार्टी विप्लव माओवादी भएकाले आफू प्रवेश गरेको सुवेदीले बताए ।
माओवादी जनपरिषद्का प्रमुख सन्तोष बुढा मगरले टिका र खादा लगाएर उनलाई पार्टीमा प्रवशे गराएका थिए ।
एमाओवादी काग्रेस र एमाले जस्तै बन्दै गएको उनको टिप्पणी छ । सुवेदी एमाओवादी काठमाण्डौं निर्वाचन क्षेत्र नं ४ का ईन्चार्ज थिए । उनले विप्लव माओवादीमा प्रवेश गर्नु पूर्व बुवा झक्कु सुवेदीलाई कुनै जानकारी दिएका छैनन् । साथै उनले ससुरा कृषि मन्त्री हरिबोल गजुरेललाई पनि कुनै जानकारी दिएका छैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

