यु–१४ एएफसी क्षेत्रीय महिला फुटबलका लागि नेपाली टोली घोषणा

यु–१४ एएफसी क्षेत्रीय महिला फुटबलका लागि नेपाली टोली घोषणा

  • शुक्रबार, चैत्र २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौं, चैत २६ । ताजकिस्तानमा अप्रिल २६ तारिखदेखि हुने एएफसी यु–१४ रिजनल गल्स फुटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का प्राविधिक निर्देशक जापानी चियाकी ताकेदा र प्रशिक्षक विनोद लामाले शुक्रबार १८ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।

नवलपरासीमा भएको छनोटबाट छानिएका २८ खेलाडीबाट१८ जनाको अन्तिम टिमको छनोट गरिएको एन्फाले जनाएको छ ।

छानिने खेलाडीमा पत्रिता राई, पूनम घिमिरे, पूर्णिमा घिसिङ, रजनी ठोकर, रज्जु खड्का, रोशनी खत्री, सविना चौधरी र रजनी थोकर हुन् ।

त्यस्तै, सलोनी राना मगर, सरिता न्यौपाने, श्रीषा कार्की, सुमित्रासिं पाख्रिन, सुनु जिम्बा र उदया थापा अन्तिम १८ भित्र समेटिएका छन् । गोलरक्षक प्रशिक्षकमा अस्मिता खवास रहेकी छन् ।

प्रतियोगितामा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा भारत र बंगलादेश रहेका छन् ।

नेपालले पहिलो खेल २७ अप्रिलमा भारतसँग तथा २८ अप्रिलमा बंगलादेशसँग खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी