काठमाण्डौ, २६ चैत्र । कांग्रेस निकट काठमाण्डौ उपत्यकाका ५१ ओटा नेबिसंघ ईकाई सभापतिहरुले त्रिबि पदाधिकारीलाई सयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन् । उमेर हदबन्दी नलगाई ३ दिन भित्र स्वबियु निर्वाचनको माग गर्दै ४ बुदे ज्ञापन पत्र बुझाएका हुन् ।
पुरानो सहमति अनुसार समयमै निर्वाचन नगराउने र बिभिन्न बहानामा उमेर हदसहितको तानाबानामा केही बिधार्थि संगठनको मतियार बन्ने त्रिबिको नियत भन्दै उनीहरुले आपत्ति जनाएका छन् । अब प्रत्यक्ष निर्वाचनको माग सहित कालोबजारी बिरुदको आन्दोलन गर्ने चेतावनि समेत उनीहरुले दिएका छन् ।
यसैविच ज्ञापनपत्र बुझ्दै त्रिबि पदाधिकारी डाक्टर तिर्थ खनियाले आफुहरु निर्वाचन गराउने पक्षमा नै रहेको र उमेर हदको निर्णय बैशाख ९ मा बस्ने सिनेट बैठकले मात्र टुंगो लगाउने प्रतिकृया दिनुभएको जनाईएको छ ।
।
यसअघि त्रिभुवन विश्वविद्यालयले गरेको छलफलमा नेविसंघ बाहेकका अन्य विद्यार्थी संगठनहरुले २८ वर्षे उमेर हद लागु गर्नुपर्ने बताएका थिए ।
तर, नेबिसंघले भने हरेक दुई दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन ८ वर्षपछि हुन लागेकाले यस पटकका लागि उमेर हद हटाउनुपर्ने बताएको थियो । आफूरुहको माग सम्बोधन नभए देशव्यापी आन्दोलन गर्ने चितावनी समेत दिइएको छ ।