काठमाडौ २६ चैत्र । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट प्रतियोगिताको नवौं संस्करण आजबाट सुरु हुँदैछ ।
नेपाली समयानुसार साँझ पौने आठ बजे मुम्बईको नेशनल स्पोर्टस क्लवमा भब्य उद्धघाटन समारोहको आयोजना गरिएको छ । तर प्रतियोगीताका खेल भने भोली मात्रै सुरु हुनेछ ।
भोली उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई ईण्डियन्स र राईजिङ पुणे सुपरजाईन्ट्स भिड्ने छ । आगामी २९ मेसम्म चल्ने प्रतियोगितामा आठ टिमको सहभागीता रहनेछ ।
प्रतियोगीतामा देल्लि डेयर डेभिल्स जाहिर खानको कप्तानीप्मा मैदान उत्रदै छ भने गुजरात लायन्स सुरेस रैनाको , किँग्स एलाभेन पञ्जाब डेभिड मिल्लरको कप्तानीमा रहनेछ ।
यस्तै कोलकत्ता नाईट राईडर्स गौतम गम्भीर , मुम्बई ईन्डियन्स रोहित शर्मा, राईजिङ पुणे सुपरजाईन्ट्स महेन्द्र सिँह धोनी, रोयल च्यालेन्जर्स बैङलोर विराट कोहली, र सनराईजर्स हैदरावाद डेभिड वार्नरको कप्तानीमा मैदानमा उत्रनेछन् ।
यस वर्षको आईपिएलमा टि–२० स्टार मानिएका भारतका युवराज सिंह विश्वकपमा लागेको चोटका कारण दुई साता सम्म खेल्न नपाउने भएका छन् । भने सन् २०१५ को नोभेम्बर देखि बलिङ एक्सनको प्रतिबन्ध खेपिरहेका वेष्ट ईन्डिजका सुनिल नारिन पनि खेल्ने भएका छन् । उनको बलिङ एक्सन सुधार सँगै प्रतिबन्ध फुकुवा गरिएको आईसिसिले जनाएको छ ।